onlinekhelkhabar.com

Complete website for Nepali Sports News

प्रथम मेयर गोल्ड कप फुटबल प्रतियोगिता मा त्रियुगा स्पोर्ट्स को बिजयी सुरुवात

कार्तिक १ , लोकेन्द्र प्रसाद यादब (अनलाईन खेलखबर ) || बोदे बसाईन नगरपालिका -५ सप्तरी को आयोजना मा सप्तरी मा भईरहेको प्रथम मेयर गोल्ड कप अन्तर्गत आज भएको खेल मा त्रियुगा स्पोर्ट्स टिम फतेपुर सप्तरी बिजयी भएको छ ।

प्रतियोगिता को दोस्रो दिनमा आज त्रियुगा स्पोर्ट्स टिम र मेघा स्पोर्ट्स एकेडेमी बिराटनगर मोरङ भिडेका थिए ।

जसमा त्रियुगा स्पोर्ट्स ले मेघा स्पोर्ट्स लाई ३-१ को गोल अन्तरले पराजित गरेको हो ।

त्रियुगा को जित जर्सी मा नम्बर २३ का खेलाडी शिशिर लेखी ले उत्कृष्ट प्रदशन गरे । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए । उनले दुई तोला चादिँको सिका बोदे बर्साईन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रमानन्द चाैधरीले को हात बाट प्राप्त गरे ।

अब प्रतियोगिता मा भोलि अर्थात शुक्रबार एफसि बेङ्गखाडी महोत्तरी र गोलबजार फुटबल टिम गोलबजार सिराहा भिडने छ्न ।

अकआउट प्रतियोगिता मा कुल ८ टिमहरु को सहभागिता रहेको छ । फाईनल खेल आउदो कार्तिक ७ गते हुनेछ । प्रतियोगिता को बिजेता टिम ले ५१ हजार नगद सहित कप र उपबिजेता टिम ले नगद ३५ हजार र कप पाउने छ्न भने म्यान अफ दि सिरिज ले ३ ह्जार नगद सहित मेडल ले सम्मान गरिने छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *