onlinekhelkhabar.com

Complete website for Nepali Sports News

भारत लाई पराजित गर्दै नेपाल पुग्यो यु-१८ साफ महिला च्याम्पियनसिप को फाईनल

असोज १९ , अनलाईन खेलखबर || भुटान मा जारी साफ यू-१८ महिला च्याम्पियनसिप अन्तर्गत आज भएको सेमिफाइनल मा भारतलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै नेपाल प्रतियोगिता को फाईनल प्रबेश गरेको छ ।

अब नेपाल ले बङ्लादेश र भुटान बिच को बिजेता टिम सगँ फाईनल खेल्नेछ ।

फाईनल पुग्न टाइब्रेकर को साहारा लिनु परेको थियो ।निर्धारित समय मा १-१ को बराबरि खेले पछि सेमिफाइनल रोमाञ्चक बनेको थियो ।

भुटानको चाङलिमिथाङ रंगशालामा भएको सेमिफाइनल मा नेपाल ले पहिलो अग्रता लिएको थियो । पहिलो हाफ सम्म नेपाल ले १-० ले अग्रता कायम गर्न सफल भएको थियो । नेपाल का लागि रश्मी कुमारी घिसिङले गोल गरेकी थिइन् ।

यसपछि दोस्रो हाफ मा भारत ले १ गोल फर्काउदै खेल लाई बराबरि मा लग्यो । दोस्रो हाफ को ६२ औं मिनेटमा भारतकी कप्तान समिक्षा ले हेडरमार्फत सहज गोल गरेकी थिइन् ।

यसपछि भने कुनै टिम ले गोल गर्न सकेनन र खेल टाइब्रेकर मा गएको थियो । टाइब्रेकर मा भने नेपाल ले बाजि मार्यो । नेपालका लागि अन्जना रानामगर ले २ प्रहार बचाइन भने भारतको १ प्रहार क्रसबारमा लागेको थियो । यता नेपालका लागि भने पुजा रानाको प्रहार सफल हुन सकेन । गोलरक्षक अन्जना, रेखा पौडेल र मनिषा राउतले गोल गरेकि थिईन ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *