बंगबन्धु अन्तराष्ट्रिय गोल्डकप खेल्न नेपाली फुटबल टोली आज बङ्लादेश प्रस्थान गर्दै ।
असोज १४ , अनलाईन खेलखबर || भोलि देखि बङलादेश मा हुने बंगबन्धु अन्तराष्ट्रिय गोल्डकप खेल्न का लागि नेपाली फुटबल टोलि आज बङ्लादेश प्रस्थान गर्दैछ ।
नेपाली टोली मा नेपालले साफ च्याम्पियनसिप खेल्दा का खेलाडी लाई नै बंगलादेश पठाउँदैछ । तर गोलकिपर किरण कुमार लिम्बु र रोहित चन्द भने विदेशी लिगका कारण टिममा हुनेछैनन । किरणको स्थानमा विशाल श्रेष्ठ र रोहितको स्थानमा तेज तामाङ लाई टिममा समाबेश गरिएको छ ।
डिफेन्डिङ च्याम्पियनसिप समेत रहेको नेपाल यस पटक समूह ” ए ” मा रहेको छ । समूह मा नेपाल सहित प्यालेस्टाइन र ताजकिस्तान रहेका छ्न भने समुह ” बि ” मा बङलादेश ,लाओस र फिलिपिन्स रहेका छ्न ।
बंगलादेश फुटबल फेडेरेसनले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल ले पहिलो खेल मा ताजकिस्तान संग अक्टोबर २ मा सामना गर्नेछ । यस्तै नेपालले अक्टोबर ६ मा प्यालेस्टाइन विरुद्ध दोस्रो खेल खेल्नेछ ।
कुल ६ टिम को सहभागिता रहने यस प्रतियोगिता मा समूह चरण बाट ३ टिम बाट २ टिम समूह बिजेता र उप -बिजेता हुँदै सेमिफाइनल पुग्नेछ्न । सेमिफाइनल अक्टोबर ९ र १० तारिख मा हुनेछ भने फाईनल १२ अक्टोबर मा हुनेछ ।
बंगलादेशको राष्ट्रिय पिता बंगबन्धु शेख मुजिकुर रहमानको स्मृतिमा हुने यश प्रतियोगिता को नेपाल डिफेन्डिङ च्याम्पियन समेत हो । भने प्रतियोगिता पाचौ संस्करण सम्म आईपुगेको छ ।