
सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु : उद्घाटन खेल मा एनआरटी र आर्मी बराबरि खेले
असोज १३ , अनलाईन खेलखबर || लामो समय को अन्तराल पछि आज देखि पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु भएको छ ।
त्रिभुवन आर्मि र न्युरोड टिम ( एनआरटि ) बिच उदघाट्न खेल खेल्दै लिग को सुरुवात भएको हो ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टर मा भएको लिग को पहिलो खेल मा आर्मी र एनआरटि बिच २-२ को बराबरि मा खेल सकाएका छ्न ।
एनआरटि लागि रोजित पुडासैनी र राजेश परियारले एक एक गोल गरे । आर्मीका सन्तोस तामाङले दुवै गोल गरे ।
अब आईतवार लिग अन्तर्गत संकटा क्लब र सरस्वती युथ क्लब बिच प्रतिस्पर्धा हुनेछ ।