onlinekhelkhabar.com

Complete website for Nepali Sports News

लिग को दाबेदार मध्यको एक मनाङ मर्स्याङदी ले गर्यो खेलाडी सार्बजनिक

असोज ११ , अनलाईन खेलखबर || लामो समय पछि यहि सनिवार बाट हुन गईरहेको ए डिभिजन लिग का लागि सहभागि टिम हरु ले अहिले खेलाडी हरु को नाम सार्बजनिक गरिरहेका छ्न ।

फोटो – खेलपार्टि

यसैबिच नेपाल को चर्चित फुटबल टिम मनाङ मर्स्याङदी ले पनि आफ्ना खेलाडी हरु को नाम बुधबार सार्बजनिक गरेको छ ।
 
अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनीक गरेको सुची अनुसार मनाङ मर्स्याङदी ले र्राष्ट्रिय फुटबल टोलि बाट खेलिसकेका सहित घरेलु फुटबल मा राम्रो छाप छोडन सफल खेलाडी हरु र दुई बिदेशी खेलाडी लाई अनुबन्धित गरेको छ । जसमा गोलकिपर मा बिशाल श्रेष्ठ र अशोक बराल छन् ।

त्यस्तै, डिफेन्समा विराज महर्जन, कमल श्रेष्ठ, विमल बस्नेत, सुरज विश्वकर्मा, प्रवेश दनुवार, मिलन गुरुङ र कर्मा गुरुङ रहेका छन् ।

मिडफिल्डरमा विशाल राई , सुजल श्रेष्ठ, अन्जन विष्ट, दोर्ण थापा, पुजन उपरकोटी , रामकृण्ण बस्नेत र हेमन गुरुङ छन् ।

यस्तै फरवार्ड लाईन मा विमल राना, दिपक राई, ओलावले अफिज र एडिलाजा रहेका छन् ।

मनाङले एक एशियन खेलाडिकाे काेटामा भारतीय खेलाडी ल्याउने प्रयास गरिरहेकाे बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्