बंगबन्धु गोल्डकप  को खेल तालिका सार्बजनिक : डिफेन्डिङ च्याम्पियन नेपालको पहिलो प्रतिद्वन्द्वी ताजकिस्तान

बंगबन्धु गोल्डकप को खेल तालिका सार्बजनिक : डिफेन्डिङ च्याम्पियन नेपालको पहिलो प्रतिद्वन्द्वी ताजकिस्तान

असोज ४ , अनलाईन खेलखबर । यहि आउदो अक्टोबर १ तारिख देखि बङलादेश मा हुने बंगबन्धु अन्तराष्ट्रिय गोल्डकप को खेल तालिका आज सार्बजनिक भएको छ ।

फाईल फोटो

डिफेन्डिङ च्याम्पियनसिप समेत रहेको नेपाल यस पटक समूह ” ए ” मा रहेको छ । समूह मा नेपाल सहित प्यालेस्टाइन र ताजकिस्तान रहेका छ्न भने समुह ” बि ” मा बङलादेश ,लाओस र फिलिपिन्स रहेका छ्न ।

बंगलादेश फुटबल फेडेरेसनले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल ले पहिलो खेल मा ताजकिस्तान संग अक्टोबर २ मा सामना गर्नेछ । यस्तै नेपालले अक्टोबर ६ मा प्यालेस्टाइन विरुद्ध दोस्रो खेल खेल्नेछ ।

कुल ६ टिम को सहभागिता रहने यस प्रतियोगिता मा समूह चरण बाट ३ टिम बाट २ टिम समूह बिजेता र उप -बिजेता हुँदै सेमिफाइनल पुग्नेछ्न । सेमिफाइनल अक्टोबर ९ र १० तारिख मा हुनेछ भने फाईनल १२ अक्टोबर मा हुनेछ ।

बंगलादेशको राष्ट्रिय पिता बंगबन्धु शेख मुजिकुर रहमानको स्मृतिमा हुने यश प्रतियोगिता को नेपाल डिफेन्डिङ च्याम्पियन समेत हो । भने प्रतियोगिता पाचौ संस्करण सम्म आईपुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *