बोदे बर्साईन पाँचौ मेयर गोल्डकप प्रतियोगिता सुरु : उद्घाटन खेलमा बेङ्गखाडी मोहत्तरी विजयी

बोदे बर्साईन पाँचौ मेयर गोल्डकप प्रतियोगिता सुरु : उद्घाटन खेलमा बेङ्गखाडी मोहत्तरी विजयी

लोकेन्द्र प्रसाद यादब ।। ( अनलाइन खेलखबर ) : पाँचौ मेयर गोल्डकप खेलकुद समिति २०८० को आयोजनामा सप्तरी जिल्लास्थित बोदे बर्साईन नगरपालिका वडा नम्बर – ५ मा आईतबार देखि पाँचौ मेयर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा बेङ्गखाडी युवा क्लव मोहत्तरीले आकाश गंगा युवा क्लब मुक्सार सिरहालाई ७ -१ गोल अन्तरले पराजित गरेको छ ।

बेङ्गखाडी युवा क्लवले खेलको ७ औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । बेङ्गखाडीका लागि पहिलो गोल टिमका १० नम्बरका खेलाडी कृष्ण राणाले गरेका थिए । एक्लै ४ गोल गरेका राणा उक्त खेलको उत्कृष्ट खेलाडी घोषित भए ।
पहिलो हाफमा १-० ले अग्रता बनाएको बेङ्गखाडीले दोश्रो हाफमा थप ६ गोल हाने । टिमका लागि सनम आले, सविन लुङ्गेल, विशाल आले समान एक- एक गोल गरे भने आकाश गंगा युवा क्लब मुक्सार सिरहाका खेलाडी सिओन यादवले सान्त्वना रुपमा १ गोल गरेका थिए ।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि पूर्व कृषी तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले गरेका थिए ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बोदे बर्साईन नगरपालिकाको कार्यवाहक नगर प्रमुख रेणु साह, संविधान सभा सदस्य कांग्रेस नेता सुरेन्द्र प्रसाद यादव उपस्थिति रहेको थियो । भने पाँचौ मेयर गोल्डकप फुटबल खेलका अध्यक्ष संतोष कुमार यादवको अध्यक्षतामा उद्घाटन कार्यक्रम सुरु तथा समापन भएको थियो ।

प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ सहित ट्रफी र प्ररमाणपत्र प्राप्त गर्नेछ्न । भने उप – विजेता टिमले नगद ३५ हजार ५ सय ५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।असोज कार्तिक १२ गतेसम्म नकआउटको आधारमा हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *