onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सुनिल चम्किँदा भारत फाइनलमा

काठमाडौं (अनलाइन खेल खबर) । लिग चरणको अन्तिम खेलमा घरेलु टोली माल्दिभ्सलाई हराउँदै भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राती भएको लिगको अन्तिम खेलमा माल्दिभ्स भारतसँग ३-१ ले पराजित भएपछि भारत अंकतालिकामा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । भारतलाई फाइनल पुग्न यस खेलमा स्पष्ट जितको आवस्यक रहँदा माल्दिभ्सलाई बराबरी भए मात्र पुग्ने थियो ।

यस्तो अवस्थाको खेलमा भारतका कप्तान सुनिल क्षेत्रीले सानदार प्रदर्शन गर्ने क्रममा उनले दुई गोल गरे । यस्तै अर्को गोल मनविर सिंहले गर्दा माल्दिभ्सका तर्फबाट अलि अस्फाकले एक गोल फर्काए ।

मालेस्थित राष्ट्रिय रंगशालामा भएको महत्त्वपूर्ण खेलमा मनविरले खेलको ३३ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ४५ औं मिनेटमा माल्दिभ्सले बराबरी गोल फर्कायो । कप्तान अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफ भित्र १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा सुनिल चम्किए । उनले खेलको ६२ र ६१ औं मिनेटमा भारतका लागि गोल गरे ।

अब भारतले उपाधिका लागि नेपालसँग शनिबार खेल्नेछ । फाइनल पुग्ने क्रममा भारत अपराजित रहयो । भने नेपालले माल्दिभ्स , श्रीलंकालाई हराउँदा भारतसँग भने १-० ले पराजित हुन् पुगेको थियो । यस्तै लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेको थियो ।