onlinekhelkhabar.com

Complete website for Nepali Sports News

प्रशिक्षक अब्दुल्लाहले नेपाली टोली छोड्ने घोषणा

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनलपछि नेपाली टोली छोड्ने घोषणा गरेका छन् ।

माल्दिभ्समा जारी साफमा नेपाललाई पहिलो पटक फाइनल पुर्याएपछि उनले यस्तो घोषणा गरेका हुन् ।बुधबार लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशलाई १-१ को बराबरीमा रोकेसँगै नेपाल पहिलो पटक फाइनल पुगेको छ ।

टिमलाई ऐतिहासिक सफलता दिलाएपछि मुख्य प्रशिक्षक अब्दुल्लाहले बंगलादेशविरुद्धको खेलपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै पद त्यागको घोषणा गरेका हुन् । जसमा उनले साफको फाइनलमा पुर्याएर इतिहास रचेको र फाइनल आफ्नो अन्तिम खेल भएको उल्लेख गरेका थिए ।

एक वर्षे सम्झौता अनुरुप नेपाल आएपछि उनले आफ्नो लक्ष्य नेपाललाई साफ च्याम्पियन बनाउने रहेको बताउँदै आएका थिए । यहीँ उनको कुशल रणनीतिका कारण अहिले नेपाल पहिलो पटक प्रतियोगिताको फाइनल सम्मको यात्रा तय गरिसकेको छ ।

अब नेपालले उपाधिका भारत र माल्दिभ्स मध्य एक सँग खेल्नेछ । बुधबार रातिनै यी दुई बीच प्रतिस्पर्धा हुँदैछ । फाइनल पुग्न खेलमा भारतलाई जितको आवस्यक रहँदा माल्दिभ्सलाई बराबरी पनि प्रयाप्त बन्नेछ ।