onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपालले बंगलादेशलाई हरायो

काठमाडौं (अनलाइन खेल खबर) । नेपाली राष्ट्रिय महिला फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा  बंगलादेशलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले निराश बनायो ।

नेपालको सहज जितमा फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले एक – एक गोल गरे । सविता र प्रीतिको यो अन्तर्राष्ट्रिय डेब्यु खेल समेत रहेको थियो । यस्तै बंगलादेशको तर्फबाट एक मात्र सान्त्वना गोल तोहुरा खातुनले गरेकी थिइन् ।

खेलमा नेपालले सविताको गोलमार्फत सुरुवाती अग्रता बनाएको थियो । टिमलाई सुरुवाती अग्रता दिलाउने क्रममा उनले खेलको १३ औं मिनेटमा गोल गरेकी थिइन् ।

त्यसपछि खेलको २३ औं मिनेटमा प्रितीले गोल गदै नेपालको अग्रता दोब्बर बनाइन् । पहिलो हाफ भित्र २-० ले पछि परेको अवस्थामा बंगलादेशले खेलको ८३ औं मिनेटमा एक गोल फर्कायो । टिमका लागि उक्त सान्त्वना गोल तोहुरा खातुनले गरेकी थिइन् ।

अब दोस्रो मैत्रीपुर्ण खेल आइतबार हुनेछ । सन् २०२२ मा उज्वेकिस्तानमा आयोजना हुने एएफसी कप छनोट अघि नेपाल र बंगलादेशले दुई मैत्रीपुर्ण खेल खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्