onlinekhelkhabar.com

Complete website for Nepali Sports News

भारतसँग नेपाल पराजित

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाल र भारतबीचको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण खेलमा घरेलु टोली नेपाल पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित हुन् पुग्यो । भारतको जितमा फारुख हाजी चौधरी र सुनिल क्षेत्रीले एक -एक गोल गरेका थिए । नेपालको तर्फबाट सान्त्वना गोल तेज तामाङले गरेका थिए ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा भारतले खेलको ६२ औं मिनेटमा सुरुवाती अग्रता कायम गरेको थियो । टिमलाई अग्रता दिलाउने क्रममा पहिलो गोल फारुख हाजी चौधरीले गरेका थिए ।

त्यसपछि भारतका कप्तान सुनिल क्षेत्रीले खेलको ८० औं मिनेटमा टिमका लागि दोस्रो गोल गरे । उनले काउन्टर अट्याकमा गोलरक्षक किरणलाई सहजै बिट गर्दै गोल गरेका थिए ।

खेलमा २-० ले पछि परिरहेको नेपालका लागि तेज तामाङले ८७ औं मिनेटमा सान्त्वना गोल गरेका थिए ।

आसन्न साफ च्याम्पियनसिपको तयारी स्वरुप भएको यो दुई खेलको मैत्रीपूर्ण खेल अन्तर्गत पहिलो खेल १-१ को बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्