onlinekhelkhabar.com

Complete website for Nepali Sports News

भारतसँग नेपालको बराबरी

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ ।

बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल १-१ को बराबरीमा सकिएको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालका लागि अन्जन विष्टले गोल गर्दा भारतका लागि अनिरुद थापाले गोल गरेका थिए ।

खेलमा घरेलु दर्शकसामू नेपालले सुरुवाती अग्रता बनाएको थियो । खेलको ३६ औं मिनेटमा भारतीय डिफेन्स लाइनमा रहेका खेलाडीले गोलकिपरलाई बल पास दिने क्रममा तालमेल नमिल्दा त्यसको फाइदा अन्जनले उठाएका थिए ।

पहिलो हाफ भित्र १-० ले पछि परेको भारतले खेलको ६० औं मिनेटमा बराबरी गोल फर्कायो । खेललाई बराबरीमा पुर्याउने क्रममा भारतका अनुरुद थापाले उक्त गोल गरेका थिए ।

साफ च्याम्पियनसिपको तयारी स्वरुप भएको यस मैत्रीपूर्णको अन्तिम तथा दोस्रो खेल अब आईतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्