onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

इटाली दोस्रो पटक युरोकपको च्याम्पियन

एजेन्सी । घरेलु टोली इंग्ल्यान्डलाई टाइब्रेकरमा हराउँदै इटालीले १६ औं संस्करणको युरोपेली च्याम्पियनसिप २०२० (युरोकप)को उपाधि उचालेको ।

आईतबार राती लन्डनस्थित वेम्बली स्टेडियममा भएको फाइनल खेलमा निर्धारित र अतिरिक्त ३० मिनेटको समयमा खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । जहाँ इटालीले ३-२ ले बाजि मार्दै च्याम्पियन बन्यो ।

टिमलाई च्याम्पियन बनाउने क्रममा इटालीका डोमेनिको बेरार्डिक ,लियोनार्डो बोनुची र फेडेरिको बर्नार्डेस्चीको प्रहार गोलमा परिणत हुँदा एंड्रिया बेलोटी र जोर्गिनहोको प्रहार भने असफल हुन् पुगेको थियो ।

यता इंग्ल्यान्डका सुरुवाती दुई खेलाडी ह्यारी केन हैरी र मैगुइर मार्कसको प्रहार गोलमा परिणत हुँदा बाँकी तीन खेलाडीहरु मार्कस रैशफोर्ड, जादोन सान्चो र बुकायो साकाको प्रहार भने असफल हुन् पुग्यो ।

त्यसअघि निकै प्रतिस्पर्धात्मक बनेको खेलमा इंग्ल्यान्डले खेलको दोस्रो मिनेटमै ल्यूक शॉको गोलमार्फत अग्रता बनाएको थियो । पहिलो हाफ भित्र १-० ले पछि परेको इटालीले खेलको ६७ औं मिनेटमा बराबरी गोल फर्कायो । उक्त बराबरी गोल लियोनार्डो बोनुचीले गरेका थिए ।

यो सँगै इटाली दोस्रो पटक युरोकपको च्याम्पियन हुन् पुगेको छ । यसअघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो । भने इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्