onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पाराग्वेलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

एजेन्सी । पाराग्वेलाई पराजित गर्दै अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको क्वाटरफाइनल पुग्ने क्रममा मंगलबार बिहान भएको आफ्नो तेस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्यो ।

टिमलाई अन्तिम ८ मा पुर्याउने क्रममा ऐलेजैंड्रो गोमेजले खेलको दशौं मिनेटमा उक्त निर्णायक गोल गरेका थिए । एन्जल डी मारियाले दिएको पासलाई उनले पोस्टको दिशा देखाईदिएका थिए । यसरी पहिलो हाफ भित्रै १-० ले पछि परेको पाराग्वेले दोस्रो हाफमा भने खेलमा फर्किन केही अवसर सिर्जना गरेको भएपनि गोलमा भने परिणत गर्न सकेन र प्रतिस्पर्धात्मक बनेको खेलमा स्तब्ध हुन् पुग्यो ।

यो जितसँगै समूह ए मा रहेको अर्जेन्टिनाले ३ खेलबाट ७ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमै यथावत रहदा पराजित हुन् पुगेको पाराग्वे ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

यस्तै समूहमा ३ खेल खेलेको चिली ५ अंकका साथ दोस्रो स्थानमा छ भने २ खेल खेलेको उरुग्वे १ अंकसहित चौथो स्थानमा छ । भने अंकविहीन रहेको बोलिभिया पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्