onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल आईपुगे प्रशिक्षक अब्दुल्लाह

काठमाडौं (अनलाइन खेल खबर) । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आईपुगेका छन् ।

विश्वकप तथा एसियन कपको बाँकी खेलहरु खेली नेपाली टोली केही दिनअघि स्वदेश फर्किएपनि कुवेती प्रशिक्षक अब्दुल्लाह स्वदेशमै रहेका थिए । केही दिन ब्यक्तिगत कारणले उनि उत्तै रहेका थिए ।

यसरी केही दिन कुवेतमा रहेका अब्दुल्लाह आज शनिबार नेपाल आएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यसमिति सदस्यद्धय मधुसुदन उपाध्याय र रुपेश अधिकारीले स्वागत गरेका थिए ।

पछिल्लो समय उनको रणनीति र अभिव्यक्तिबाट नेपाली फुटबल सुभचिन्तकले अब्दुल्लाहलाई ठूलो भरोशा गरेका छन् । उनको नेतृत्वमा रहेको नेपाली टोलीले कुवेतमा छ्नोट खेल्नुअघि इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ नेपाल ६-२ ले पराजित भएको थियो । त्यसपछि नेपाल स्थलमार्ग हुँदै कुवेत पुगेको थियो ।

कुवेतमा छ्नोटका बाँकी तीन खेल खेल्यो । जसमा नेपालले चाइनिज ताइपेईलाई २-० ले हराउँदा जोर्डन र अष्ट्रेलियासँग ३-० ले पराजित हुन् पुगेको थियो ।

समग्रमा छ्नोटको समूह बी मा रहेको नेपाल अंकतालिकाको चौथों स्थानमा रहदा प्ले अफको बाटो हुँदै एसियन कपको तेस्रो चरण पुग्नु पर्ने अवस्था थियो । तर एसियाली फुटबल महासंघ (एएफसी) ले छनोट प्रक्रियामा ठूलो परिमार्जन गरेसँगै नेपालले एसियन कपको तेस्रो चरणमा सिधै स्थान पक्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्