onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ब्राजिलको लगातार दोस्रो जित

एजेन्सी । कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले लगातार दोस्रो जित हासिल गरेको छ ।प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा ब्राजिलले शुक्रबार बिहान पेरुलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

ब्राजिललाई सानदार जित दिलाउने क्रममा उसका लागि एलेक्स स्यान्ड्रो, नेयमार,इभर्टन रिबेरो र रिचार्लिसनले एक-एक गोल गरेका थिए ।

खेलमा ब्राजिलले १२ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता कायम गरेको थियो । टिमलाई सुरुवाती अग्रता दिलाउने क्रममा उक्त गोल एलेक्स स्यान्ड्रोले गरे ।

पहिलो हाफ भित्र १-० को अग्रता कायम गरेको ब्राजिल दोस्रो हाफमा थप आक्रमक देखियो । त्यसकै फलस्वरुप उसले दोस्रो हाफमा थप तीन गोल थप्न पनि सफल भयो ।

त्यस क्रममा खेलको ६८ औं मिनेटमा स्टार खेलाडी नेयमारले टिमको लागि दोस्रो गोल गर्दा ८९ औं मिनेटमा रिबेरोले तेस्रो गोल गरे । भने खेलको अन्तिम तिर रिचार्लिसनले पनि एक गोल थप्दा ब्राजिलले खेल ४-० ले जित्न सफल भयो ।

यो जितसँगै समूह बी मा रहेको ब्राजिल ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । यसअघि पहिलो खेलमा ब्राजिलले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्