onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल एसियन कप छनोटको तेस्रो चरणमा

काठमाडौं (अनलाइन खेल खबर ) । सन् २०२३ मा चीनमा हुने एसियन कपको छ्नोट अन्तर्गत नेपाल तेस्रो चरणमा पुगेको छ ।

अर्को वर्ष कतारमा हुने फिफा विश्वकप र एसियन कपको संयुक्त छ्नोटमा समूह बी मा रहेको नेपालले चौथों स्थानमा रहदै दोस्रो चरणको छ्नोट सकाएको थियो ।

यस्तोमा नेपाल एसियन कपको तेस्रो चरणमा पुग्न प्ले अफलाई पार गर्नु पर्ने थियो । तर बुधबार एसियाली फुटबल महासंघ (एएफसी) ले छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एसियन कपको तेस्रो चरणमा सिधै स्थान बनाएको हो ।

एएफसीले परिमार्जन गर्दै नयाँ बनाएको ढाचाँ अनुसार एसियन कप आयोजक चीन, विश्वकपको आयोजक तथा एसियन कपको डिफेन्डिङ च्याम्पियन कतारले स्थान पक्का गर्दा समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाएका हुन् ।

परिमार्जित नियमसँगै दोस्रो स्थान हासिल गर्नेमध्य पुछारका तीन टोली तथा तेस्रो र चौथो स्थान हासिल गर्ने ८-८ टोलीले एसियन कप छनोटको तेस्रो चरणमा पुगेका छन् ।

यस्तै समूहका पाँचौ स्थानमा रहने शीर्ष ३ टोलीले पनि स्थान बनाउँदा पाँचौ स्थान हासिलका पुछारका चार टोलीले प्ले अफ खेल्नेछन् । जसमा इन्डोनेसिया, कम्बोडिया, चाइनिज ताइपेइ र गुआम रहेका छन् । प्ले अफबाट शीर्ष दुई टोली पनि तेस्रो चरणमा पुग्नेछन् । यसरी तेस्रो चरणमा कुल २४ टोलीको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्