फाईनल खेल्ने नेपाल को सपना अझै अधुरो : सेमिफाइनल मा माल्दिभ्स सगँ पराजित
भदौ २७ , अनलाईन खेलखबर || बङलादेश को ढाका मा जारी १२ औं साफ सुजुकी कप अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेल मा नेपाल माल्दिभ्स सगँ ३ -० ले पराजित भएको छ ।
बंगबन्धु रंगशलामा ढाका मा भएको सेमिफाइनल खेल मा माल्दिभ्स ले पहिलो हाफ को ८ औ मिनेट मै कप्तान आक्रम अब्दुल घानीले पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गरेको फ्रिकिक गोल मार्फत अग्रता लिएको थियो । केही बेर पानी ले खेल लाई प्रभावित गरेको पहिलो हाफ मा पानी रोकिए पछि खेल लाई पुन सुचारु गरिएको थियो ।
पहिलो हाफ १-० ले पछि परेको नेपाल ले दोस्रो हाफ मा भने थप २ गोल खान पुग्दै साफ को ईतिहास मा पहिलो पटक फाईनल खेल्ने नेपाल को सपना सपना मै सिमित बन्न पुगेको छ ।
पहिलो हाफ को तुलनामा केही सुधारेको प्रंदशन गरेको भए पनि नेपाल ले पाएको सुन्दर मौका लाई गोल मा परिणत गर्न नसक्दा खेलको अन्तिम तिर भने टिम दबाब मा आएको थियो ।
जसको नतिजा माल्दिभ्सले ८३ औं मिनेटमा दोस्रो गोल गर्यो दोस्रो गोल इब्राहिम वाहिद हसन ले गरेका थिए । उनले नै
लग्गत्तै ३ मिनेट पछि तेस्रो खेल गर्दै नेपाल सामु शानदार जित निकाल्न सफल भए ।
पहिलो सेमिफाइनल मा नेपाल लाई पराजित गरेको माल्दिभ्स ले अब फाईनल मा आज नै हुने भारत र पाकिस्तान को बिजेता सगँ आउदो सनिवार खेल्नेछ ।