onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

युरोकपमा इंग्ल्यान्डको विजयी सुरुवात

एजेन्सी । युरोपेली च्याम्पियनसिप (युरोकप) मा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ । प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा इंग्ल्यान्डले क्रोएशियालाई १-० गोल अन्तरले पराजित गरेको छ ।

आईतबार बेलुकी लन्डनस्थित वेम्बली स्टेडियममा भएको खेलमा इंग्ल्यान्डलाई महत्वपूर्ण जित दिलाउने क्रममा रहिम स्टेरलिङले निर्णायक गोल गरेका थिए ।

प्रतिष्पर्दात्मक बनेको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा घरेलु टोली इंग्ल्यान्डले गोल गर्न सफल भयो ।

खेलको ५७ औं मिनेटमा इंग्ल्यान्डका लागि उक्त निर्णायक गोल रहिमले गरेका थिए । काल्भिन फिलिप्सले दुई खेलाडीलाई बिट गर्दै दिएको पासलाई रहिमले पोस्टको दिशा देखाईदिएका थिए ।

यो जितसँगै समूह डी मा रहेको इंग्ल्यान्डले अंकतालिकामा ३ अंक जोडेको छ । पराजित क्रोएशिया अंकतालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्