onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विश्वकप छ्नोट खेली नेपाली टोली आज स्वदेश फर्किदै

काठमाडौं (अनलाइन खेल खबर ) । कुवेतमा भएको फिफा विश्वकप र एसियन कपको छ्नोट खेल खेली नेपाली राष्ट्रिय फुटबल टोली आज आईतबार स्वदेश फर्किदै छ ।

छ्नोट खेल्न अघि कुवेत जानुअघि नेपाली टोली इराक पुगेको थियो । जहाँ नेपालले घरेलु टोलीसँग एक मैत्रीपूर्ण खेल समेत खेलेको थियो । जसमा नेपाल ६-२ ले पराजित भएको थियो ।

इराकसँगको त्यो मैत्रीपूर्ण खेलपछि नेपाल छ्नोट खेल खेल्न स्थलमार्ग हुँदै कुवेतको राजधानी कुवेत सिटी पुगेको थियो । जस अन्तर्गत नेपालले छ्नोट प्रतियोगिताको बाँकी तीन खेल खेल्यो ।

त्यसमध्य नेपालले चाइनिज ताइपेईलाई २-० ले पराजित गर्दा बलियो जोर्डनसँग ३-० र अष्ट्रेलियासँग पनि ३-० ले पराजित हुन् पुग्यो ।

यो सँगै समग्रमा नेपालले छ्नोटमा कुल ८ खेलमा मात्र २ खेल जित्न सफल भयो । त्यो दुई जित चाइनिज ताइपेईविरुद्धनै रहेको थियो ।

यसरी २ खेल जित्दै अंकतालिकाको चौथों स्थानमा रहेको नेपाल विश्वकपको तेस्रो चरण पुग्न असफल रहे पनि एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना भने अझै जिवितै रहेको छ । त्यसका लागि नेपालले तेस्रो चरण पुग्न प्ले अफलाई पार गर्नु पर्ने हुन्छ ।

यता टोली कुवेतबाट कतारको राजधानी दोहा प्रस्थान गरिसकेको अवस्था छ । अब दोहा हुँदै नेपाली टोली स्वदेश फर्किने छ ।

प्रतिक्रिया दिनुहोस्