onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपालमाथि अष्ट्रेलियाको सहज जित

काठमाडौं (अनलाइन खेल खबर) । अर्को वर्ष एसियाली मुलुक कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा हुने एसियन कपको छ्नोटमा नेपाल बलियो टोली अष्ट्रेलियासँग पराजित भएको छ ।

शुक्रबार राती कुबेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल अष्ट्रेलियासँग ३-० गोल अन्तरले पराजित हुन् पुगेको छ ।

एकतर्फी बनेको खेलमा अष्ट्रेलियाले पहिलो हाफ भित्र दुई गोल गर्दा दोस्रो हाफमा एक गोल गरेको थियो । टिमलाई सहज जित दिलाउने क्रममा अष्ट्रेलियाका मैथ्यु लेकी , फ्रान करसिक र मार्टिन बायलले एक-एक गोल गरेका थिए ।

खेलको छ्ठौं मिनेटमानै अष्ट्रेलियाले सुरुवाती अग्रता बनाएको थियो । टिमलाई सुरुवाती अग्रता दिलाउने क्रममा उसका लागि मैथ्युले उक्त गोल गरेका थिए ।

त्यसपछि फ्रानले खेलको ३८ औं मिनेटमा टिमको लागि दोस्रो गोल गर्दा पहिलो हाफको अत्य तिर नेपालका डिफेन्डर रोहित चन्द रेर्ड कार्ड पाएर मैदान बाहिरिएका थिए । अष्ट्रेलियाका मार्टिनलाई फाउल गरेपछि उनलाई रेफ्रीले रेर्डकार्ड देखाएका थिए ।

पहिलो हाफमा २-० ले अग्रता बनाएको अष्ट्रेलियाले १० खेलाडीमा सिमित नेपालविरुद्ध दोस्रो हाफमा मात्र एक गोल गर्न सफल भयो । खेलको ५७ औं मिनेटमा अष्ट्रेलियाका लागि मार्टिनले तेस्रो गोल गरे । त्यसपछि बाँकी समयमा लगातार आक्रमक गरेपनि अष्ट्रेलियाले गोल भने निकाल्न सकेन् र अन्ततः अष्ट्रेलिया ३-० को जितमै चित्त बुझाउन बाध्य बन्यो ।

यो हारसँगै नेपालको एसियन कप अन्तर्गत तेस्रो चरण पुग्ने सम्भावना पनि सकिएको छ । अब नेपालले तेस्रो चरणमा पुग्न प्ले अफ चरण पार गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्