onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

इजरायलमाथि पोर्चुगलको फराकिलो जित

एजेन्सी । युरोपेली च्याम्पियनसिप अघि इजरायलविरुद्ध भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले सहज जित हासिल गरेको छ ।

बुधबार राति पोर्चुगलको घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले इजरायललाई ४-० गोल अन्तरले पराजित गर्न सफल भयो ।

टिमलाई फराकिलो जित दिलाउने क्रममा पोर्चुगलका ब्रूनो फर्नांडीसले दुई तथा क्रिस्टियानो रोनाल्डो र जोआओ कैंसलोले एक -एक गोल गरेका थिए।

एकतर्फी बनेको खेलमा पोर्चुगलले खेलको ४२ औं मिनेटमा फर्नांडीसको गोलमार्फत सुरुवाती अग्रता बनाएको थियो । र त्यसको दुई मिनेटपछि स्टार खेलाडी रोनाल्डोले गोल गर्दै अग्रता २-० को बनाएका थिए ।

पहिलो हाफ भित्र २-० को अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ८६ औं मिनेटमा टिमका लागि जोआओले तेस्रो गोल गर्दा खेलको अत्यतिर फर्नांडीसले ब्यक्तिगत दोस्रो र टिमका लागि चौथों गोल गर्न सफल भए ।

शुक्रबार राति देखि सुरु हुने युरोपेली च्याम्पियनसिपमा पोर्चुगल समूह एफ मा रहेको छ । जहाँ पोर्चुगलसँगै जर्मनी , फ्रान्स र हंगेरी रहेका छन् । पोर्चुगलले प्रतियोगिताको सुरुवात
१५ जुनमा हंगेरीसँग खेल्दै गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्