onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल जोर्डनसँग पराजित

काठमाडौं (अनलाइन खेल खबर) । अर्को वर्ष एसियाली मुलुक कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा हुने एसियन कपको छ्नोट खेलमा नेपाल जोर्डनसँग फराकिलो अन्तरले पराजित भएको छ ।

कुवेतको राजधानी कुवेत सिटीस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा सोमबार राती भएको खेलमा जोर्डनले नेपाललाई ३-० गोल अन्तरले पराजित गर्यो ।

नेपालमाथि सहज जित निकाल्ने क्रममा जोर्डनका बहा फैजलले दुई तथा याजन अबो अलाराबले एक गोल गरेका थिए ।

सुरुवाती अवस्थाबाटै आक्रमक शैलिमा प्रस्तुत भएको जोर्डनले खेलमा अग्रता पेनाल्टीमार्फत लिएको थियो । खेलको २३ औं मिनेटमा नेपालका अनुभवी खेलाडी रोहित चन्दले जोर्डनका सुलेमानलाई पेनाल्टी क्षेत्रभित्र लडाए पछि रेफ्रीले जोर्डनलाई पेनाल्टीको अवसर प्रदान गरेका थिए । जसमा फैजल चुकेनन् र टिमलाई अग्रता दिलाए ।

यसरी पहिलो हाफमा १-० को अग्रता कायम गरेको जोर्डन दोस्रो हाफमा थप आक्रमक देखियो । त्यसैको फलस्वरुप जोर्डनले दोस्रो हाफमा थप दुई गोल गर्न पनि सफल भयो ।

खेलको ४९ औं मिनेटमा फैजलले टिमका लागि दोस्रो गोल गर्दा खेलको ६८ औं मिनेटमा जोर्डनले तेस्रो गोल गर्न सफल भयो । तेस्रो गोल अलाराबले गरेका थिए ।

छ्नोट अन्तर्गत यसअघि पनि जोर्डनले नेपाललाई ३-० गोल अन्तरले नै पराजित गरेको थियो । यता यो जितसँगै छ्नोटको समूह बी मा रहेको जोर्डनले ७ खेलबाट १३ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

भने जोर्डनसँग पराजित हुन् पुगेको नेपालको ७ खेलबाट ६ अंक रहदै चौथों स्थानमा रहेको छ । यता १५ अंकसहित अष्ट्रेलिया शीर्ष स्थानमा रहँदा १० अंक रहेको कुवेत तेस्रो स्थानमा र अंकविहिन रहेको चाइनिज ताइपेई अंकतालिकाको पुछारमा रहेको छ ।

यो हारसँगै नेपालले एसियन कपमा छ्नोट हुन् अब प्ले अफको साहरा लिनुपर्ने भएको छ । अब छ्नोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले जेठ २८ गते अष्ट्रेलियाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्