onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल माल्दिभ्स लाई हराउदै पहिलो पटक साफको फाईनल पुग्ने मा विश्वस्त

भदौ २७ , अनलाईन खेलखबर || बङलादेश को ढाका जारी १२ औं साफ सुजुकी कप अन्तर्गत आज सेमिफाइनल का खेल हुदैछ ।

पहिलो सेमिफाइनल मा नेपाली समय अनुसार पौने ४ बजे नेपाल ले माल्दिभ्स विरुद्ध प्रतिस्पर्धा गर्दैछ । भने आज नै पौने ७ बजे भारत ले पाकिस्तान को सामना गर्ने छ ।

समूह चरण मा निकै राम्रो लय मा देखिएको नेपाल ले आज माल्दिभ्स विरुद्ध हाबी हुने देखिन्छ । नेपाल समूह चरण को प्रंदशन बाट निकै उत्साहित छ ।

दक्षिण एसियाली राष्ट्रको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता (साफ च्याम्पियन) मा नेपाल १२ औं संस्करण सम्म आईपुग्दा अहिले सम्म फाईनल पुग्न सकेको छैन । यस कारण पनि नेपाल ले माल्दिभ्स विरुद्ध जित निकाले को खन्ड मा साफ मा हाल सम्म को ठूलो उपलब्धि हुनेछ ।

तुलनात्मक रुपमा कमजोर देखिएको माल्दिभ्स सँगको हेड टु हेडमा भने नेपाल पछि छ । तर समय फेरिएको छ , पछिल्लो समय माल्दिभ्स को फुटबल खस्कदो रहेको छ । यहि प्रतियोगिता मा हेर्ने हो भने पनि २ खेल मा भारत सगँ पराजित भएको थियो भने श्रीलका सगँ बराबरी खेलेको थियो । समूह चरण मा एक गोल पनि नगरेको माल्दिभ्स लाई भाग्य ले साथ दिदै सेमिफाइनल यात्रा तय गरेको हो । भारत सगँ पराजित भएका श्रीलका र माल्दिभ्स एक अर्का सगँ बराबरि खेल्दै समूह मा समान १/१ अंक रहेका त्यस्तो मा गोलाप्रथा बाट भाग्यमानी बन्दै माल्दिभ्स अन्तिम ४ मा पुगेको थियो ।

भने नेपाल को भने समूह चरण मा लोभलाग्दो प्रंदशन रहयो आफ्नो पहिलो खेल मा पाकिस्तान सगँ अन्तिम क्षण मा २-१ ले पराजित भए पनि दोस्रो मा भुटान लाई ४-० ले।पराजित गरेको थियो भने प्रतियोगिता मा बलियो मानिएको आयोजक बङ्लादेश माथी पनि २-० को सहज जित निकाल्दै नेपाल समूह ” ए ” को समूह बिजेता बन्दै सेमिफाइनल पुगेको हो ।

साफको ६ भेटमा नेपालले माल्दिभ्सलाई पराजित गर्न सकेको छैन । ४ खेलमा हार बेहोरेको नेपाल दुई खेल बराबरीमा रोकेको थियो । एक पटकको च्याम्पियन माल्दिभ्सलाई नेपालले २०११ र २०१३ को साफमा बराबरीमा रोकेको थियो ।

साफ मा माल्दिभ्स विरुद्ध नेपाल को नतिजा सन्तोषजनक नभए पनि यसपटक नेपाली टिमका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले माल्दिभ्सलाई पराजित गर्ने मा सकारात्मक देखिएका छ्न । र त्यो देखीन्छ पनि उनले विगतको प्रदर्शनलाई विर्सदै आफ्नो टोलीले माल्दिभ्सलाई सहजै पराजित गर्दै फाइनलमा पुग्नेमा विश्वस्त रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्