onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपालले चाइनिज ताइपेइलाई हरायो

काठमाडौं (अनलाइन खेल खबर) । अर्को वर्ष कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा हुने एसियन कपको छ्नोटमा नेपालले चाइनिज ताइपेइमाथि सहज जित हासिल गरेको छ ।

बिहिबार राती कुवेतको राजधानी कुवेत सिटीस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले सहज जित निकाल्ने क्रममा चाइनिज ताइपेइलाई २-० गोल अन्तरले पराजित गर्यो ।

टिमलाई सहज जित दिलाउने क्रममा नेपालका अन्जन विष्ट र नवयुग श्रेष्ठले एक – एक गोल गरेका थिए ।

खेलमा अन्जनको गोलमार्फत नेपालले सुरुवाती अग्रता बनाएको थियो । खेलको चौथों मिनेटमा अन्जनले पेनाल्टीलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

सन्तोष तामाङको फ्रिकिकमा ताइपेइका खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टीको मौका प्राप्त गरेको थियो । जसलाई अन्जनले सदुपयोग गर्न सफल भए ।

यसरी पहिलो हाफ भित्र १-० को अग्रता कायम गरेको नेपालले खेलको ८२ औं मिनेटमा दोस्रो गोल गर्यो । उक्त गोल नवयुग श्रेष्ठले गरेका थिए ।

यो जितसँगै छ्नोटको समूह बी मा रहेको नेपालले ६ खेलबाट २ खेलमा जित निकाल्दै अंकतालिकामा ६ अंक जोडेको छ । र एसियन कप छ्नोटको तेस्रो चरणमा पुग्ने सम्भावना पनि उत्तिकै जिवित राखेको छ ।

यसअघि पनि पहिलो भेटमा नेपालले चाइनिज ताइपेइलाई २-० गोल अन्तरले नै पराजित गर्दा अन्य ४ खेल गुमाएको थियो । जसमा नेपाल कुवेतसँग पहिलो खेलमा ७-० र दोस्रो भेटमा १-० ले पराजित भएको थियो । भने अष्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० ले पराजित भएको थियो ।

छ्नोट खेल अन्तर्गत नेपालले अब जोर्डनसँग जेठ २४ गते र अष्ट्रेलियासँग २८ गते खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्