onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चाइनिज ताइपेइविरुद्ध नेपालको १-० को अग्रता

काठमाडौं (अनलाइन खेल खबर ) । अर्को वर्ष कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा हुने एसियन कप छ्नोट प्रतियोगिता अन्तर्गत आफ्नो छठौं खेलमा चाइनिज ताइपेइविरुद्ध नेपालले अग्रता बनाएको छ ।

कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफको समाप्तिसम्ममा नेपालले १-० को अग्रता बनाएको छ ।

नेपाललाई खेलमा अग्रता दिलाउने क्रममा अन्जन विष्टले उक्त गोल गरेका थिए ।उनले खेलको चौथों मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

यो खेलपछि छ्नोट प्रतियोगितामा नेपालले जोर्डनसँग जेठ २० गते र अष्ट्रेलियासँग २८ गते खेल्नेछ ।

समूह बी मा रहेको नेपाल अहिले ३ अंकका साथ अंकतालिकाको चौथों स्थानमा रहेको छ ।

छनोटमा नेपालले यसअघि चाइनिज ताइपेइलाई २-० ले पराजित गर्दा कुवेतसँग पहिलो खेलमा ७-० र दोस्रो भेटमा १-० ले पराजित भएको थियो । भने अष्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० ले पराजित भएको थियो ।

यता हालसम्म छनोटमा ४ खेलमा शत प्रतिशत नतिजा निकाल्दै १२ अंकका साथ अष्ट्रेलिया अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । भने दोस्रो स्थानमा कुवेत , तेस्रो स्थानमा जोर्डन रहँदा अंकविहिन रहेको चाइनिज ताइपेई पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्