onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विश्वकप छ्नोट : आज नेपाल र चाइनिज ताइपेइबीचको खेल हुँदै

काठमाडौं (अनलाइन खेल खबर)।अर्को वर्ष एसियाली मुलुक कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा हुने एसियन कपको छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज चाइनिज ताइपेइसँग खेल्दैछ ।

कुवेतको राजधानी कुवेत सिटीमा नेपाली समय अनुसार राती पौने १० बजेपछि सुरु हुने खेलमा नेपाल स्पष्ट जितको खोजीमा रहने छ ।

छनोटमा हालसम्म ५ खेल खेलिसकेको नेपालले ४ खेलमा पराजित हुँदा एक मात्र खेल जितेको छ ।

अब छनोट प्रतियोगितामा नेपालले चाइनिज ताइपेइपछि जोर्डन र अष्ट्रेलियासँग खेल्न बाँकी छ । जोर्डनसँग जेठ २० गते र अष्ट्रेलियासँग २८ गते खेल्नेछ ।

समूह बी मा रहेको नेपाल अहिले ३ अंकका साथ अंकतालिकाको चौथों स्थानमा रहेको छ । र विश्वकप छनोटको तेस्रो चरण पुग्ने मौका गुमाईसकेको छ । तर एसियन कपका लागि पनि सम्भावना जिवितै रहेको छ ।

यस्तोमा नेपाल आज जितको खोजिमा मैदान उत्रिने छ । यसअघि यहीँ छनोट प्रतियोगिता अन्तर्गत पहिलो भेटमा नेपालले चाइनिज ताइपेइलाई २-० गोल अन्तरले पराजित गरेको थियो । जुन नेपालको एक मात्र जित समेत हो ।

छनोटमा नेपाल कुवेतसँग पहिलो खेलमा ७-० र दोस्रो भेटमा १-० ले पराजित भएको थियो । भने अष्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० ले पराजित भएको थियो ।

यता हालसम्म छनोटमा ४ खेलमा शत प्रतिशत नतिजा निकाल्दै १२ अंकका साथ अष्ट्रेलिया अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । भने दोस्रो स्थानमा कुवेत , तेस्रो स्थानमा जोर्डन रहँदा अंकविहिन रहेको चाइनिज ताइपेई पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्