onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल सुपर लिगको फाइनल आज

काठमाडौं(अनलाइन खेल खबर) । काठमाडौंमा जारी फेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को फाइनल खेल आज हुँदैछ ।

जसमा उपाधिका लागि काठमाडौं रेजर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुकी साढे ५ बजेपछि सुरु हुने खेलमा उपाधि रक्षाका लागि दुबै टोली उत्साहित देखिएका छन् ।

फाइनल खेल अघि शुक्रबार पत्रकारहरुसँगको कुराकानीका क्रममा धनगढीका कप्तान किरण कुमार लिम्बु र काठमाडौंका कप्तान विकेश कुथुले उक्त कुरा ब्यक्त गरेका थिए ।

यता यी दुईबीच तेस्रोपटक भेट हुन् गईरहेको छ । यसअघिका दुई खेलमा काठमाडौं धनगढीसँग पराजित हुन् पुगेको थियो । जस अन्तर्गत लिग चरणमा धनगढीले काठमाडौंलाई ३-० गोल अन्तरले पराजित गर्दा पहिलो क्वालिफायरमा २-१ ले जित आत्मसाथ गरेको थियो ।

यसरी अघिल्ला खेलमा धनगढी काठमाडौंविरुद्ध हाबी देखिएपनि फाइनल खेलमा भने पक्कै सहज हुने छैन । यता उच्च मनोबलमा रहेको धनगढी त्यो लयलाई फाइनल खेलमा दोर्हाउन चाहन्छ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा भईरहेको प्रतियोगितामा ७ फेन्चाइज टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेता टोलीले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १५ लाख प्राप्त गर्नेछ । यस्तै व्यक्तिगत विधातर्फ सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्