onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

धनगढी फाइनलमा

काठमाडौं (अनलाइन खेल खबर) । धनगढी फुटबल क्लब नेपालको पहिलो फेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग(एनएसएल) को फाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको फाइनल पुग्ने क्रममा मंगलबार धनगढीले प्रतियोगिताको पहिलो क्वालिफायरमा काठमाडौं रेजर्सलाई २-१ गोल अन्तरले पराजित गर्यो ।

टिमलाई फाइनल पुर्याउने क्रममा धनगढीका पुजन उपरकोटी र विशाल राईले एक – एक गोल गरेका थिए । भने काठमाडौंको तर्फबाट तेज तामाङले गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा काठमाडौंले सुरुवाती अग्रता कायम गरेको थियो । खेलको ७५ औं मिनेटमा तेजले गोल गर्दै काठमाडौंलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर त्यसको ३ मिनेटपछि धनगढीका पुजन उपरकोटीले उत्कृष्ट रुपमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा धनगढीका विशाल राईले खेलको १ सय ८ औं मिनेटमा गोल गरे । अनमार्क रहेका उनले रमेश दंगालको पासमा उक्त गोल गर्दै टिमलाई फाइनल पुर्याए ।

यता धनगढीसँग पराजित भएको काठमाडौंले अब फाइनल प्रवेशका लागि बुटवल र ललितपुरबीच बुधबार हुने एलिमिनेटर विजेता टोलीसँग बिहिबार दोस्रो क्वालिफायर खेल्नेछ । यस खेलको विजेताले जेठ १ गते धनगढीसँग उपाधिका लागि प्रतिष्पर्दा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्