onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

धनगढीलाई हराउँदै बुटवलले पनि गर्यो प्ले अफ पक्का

काठमाडौं (अनलाइन खेल खबर) । बुटवल लुम्बिनी एफसीले लिग चरणको आफ्नो अन्तिम खेलमा धनगढी एफसीलाई पराजित गरेसँगै बुटवलले पनि नेपाल सुपर लिग (एनएसएल ) को प्ले अफ पक्का गरेको छ ।

प्रतियोगिताको प्ले अफ पुग्ने क्रममा शनिबार बुटवलले अंकतालिकाको शीर्ष स्थानमा रहेको धनगढीलाई १-० गोल अन्तरले पराजित गर्यो ।

निकै महत्वपूर्ण खेलमा बुटवललाई जित दिलाउन सुमन लामाले उक्त निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सुमनले खेलको ८२ औं मिनेटमा उक्त गोल गरेका थिए ।

यो सँगै प्रतियोगिताका शीर्ष ४ टोलीको समेत टुंगो लागेको छ । जसमा धनगढी र बुटवलसँगै काठमाडौं र ललितपुर रहेका छन् ।

यता बुटवल र पोखराको समान ८-८ अंक भएपनि हेड टु हेडको आधारमा बुटवल भाग्यमानी सावित भयो ।

अब प्रतियोगिताका शीर्ष दुई टोली धनगढी र काठमाडौंले फाइनल प्रवेशका लागि बैशाख २८ गते प्रतिस्पर्धा गर्नेछन् । यो खेलको विजेता टोली फाइनल प्रवेश गर्दा पराजित हुने टोलीले अझ एक मौका पाउने छ । पराजित हुने टोलीले २९ गते हुने बुटवल र ललितपुरबीचको विजेतासँग ३० गते खेल्नेछ र विजेता टोली फाइनल पुग्नेछ । फाइनल खेल जेठ १ गते रहेको छ ।

प्रतिक्रिया दिनुहोस्