onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पोखरालाई हराउँदै धनगढी प्लेअफमा

काठमाडौं(अनलाइन खेल खबर ) । पोखरा थण्डर्सलाई हराउँदै धनगढी एफसीले नेपालको पहिलो फेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफ पक्का गरेको छ ।

प्ले अफ स्थान पक्का गर्ने क्रममा धनगढीले बुधबार पोखरालाई १-० गोल अन्तरले पराजित गर्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीका लागि निर्णायक गोल दर्शन गुरुङ गरेका थिए । प्रतिष्पर्दात्मक बनेको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर दोस्रो हाफमा भने धनगढी केही आक्रमक देखिएको थियो । त्यसको फल स्वरुप धनगढीले ६८औं मिनेटमा अग्रता बनाएको थियो । सब्सिच्युट खेलाडी दर्शनले सुन्दर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । र अन्ततः सोही गोल निर्णायक समेत हुन् पुग्यो ।

खेलको इमर्जिङ खेलाडी धनगढीका अशोक खवास चुनिए । त्यसबाफत उनले १० हजार प्राप्त गरे । यस्तै खेलको प्लेयर अफ द म्याच धनगढीका आइकोनिक खेलाडी तथा कप्तान किरण चेम्जोङ घोषित भए । उनले २५ हजार र हात पारे ।

यता पोखरामाथि जित आत्मसाथ गरेसँगै धनगढी ५ खेलबाट १० अंकसँगै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । र प्ले अफ पक्का गर्ने पहिलो टिम समेत बनेको छ । पोखराको ५ खेलबाट ५ अंक छ । र उसको प्ले अफ समीकरण निकै कठिन बनेको छ ।

प्रतिक्रिया दिनुहोस्