onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एनएसएलमा काठमाडौंको विजयी सुरुवात

काठमाडौं (अनलाइन खेल खबर) । नेपालको पहिलो फेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सले विजयी सुरुवात गरेको छ ।

प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा काठमाडौंले शनिबार ललितपुर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गर्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुकी भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफ अन्तर्गत खेलको ६६ औं मिनेटमा काठमाडौंका मेसौके ओलुमोउले गोल गर्दा अन्ततः सोही गोल निर्णायक हुन् पुग्यो ।

यो जितसँगै काठमाडौंले अंकतालिकामा ३ अंक समेत जोडेको छ । यता अब प्रतियोगिता अन्तर्गत आईतबार दुई खेल हुनेछन् । जस मध्य पहिलो खेल विराटनगर एफसी र एफसी धनगढीबीच हुनेछ । यो खेल दिउँसो साढे २ बजे पछि सुरु हुनेछ भने दिनको दोस्रो खेलमा साढे ५ बजेपछि पोखरा थर्डसले बुटवल लुम्बिनी फुटबल क्लबको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्