onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

काठमाडौं (अनलाइन खेल खबर )। बैशाख ११ गते देखि काठमाडौंमा हुन् गईरहेको नेपालको पहिलो फेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग(एनएसएल)को खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले सोमबार जारी गरेको खेल तालिका अनुसार प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लबले ललितपुर सिटी फुटबल क्लबको सामना गर्नेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी साढे पाँच बजेपछि सुरु हुनेछ । विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी गरि सात फेन्चाइज टोलीको सहभागिता रहने यस प्रतियोगिताको लिग चरणका खेलहरु बैशाख २६ गते सकिने छ ।

त्यसपछि प्ले अफका खेलहरु हुनेछन् । जहाँ लिगका शीर्ष दुई टोलीले पहिलो प्लेअफ खेल्नेछन् । जसको विजेताले फाइनलमा स्थान पक्का गर्दा लिगको तेस्रो र चौथोबीच दोस्रो प्लेअफ हुनेछ । त्यसपछि बैशाख ३० मा एलिमिनेटर खेल हुनेछ । जसमा पहिलो प्लेअफमा पराजित हुने टोली र दोस्रो प्लेअफको विजेताले फाइनल प्रवेशका लागि प्रतिष्पर्दा गर्ने प्रतियोगिताका सिईयो सुदिप शर्माले बताएका छन् । फाइनल खेल भने जेठ १ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्