onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल सुपर लिगमा सहभागी हुने सात फेन्चाइज टोली सार्वजनिक

काठमाडौं (अनलाइन खेल खबर ) । नेपालको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा सहभागी जनाउँने फ्रेन्चाइज टिम र टिम मालिकको घोषणा भएको छ ।
प्रतियोगिताको आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले आइतबार काठमाडौंमा एक समारोहका साथ प्रतियोगितामा सहभागि फ्रेन्चाइज टोली र टिम मालिकको घोषणा गरेको थियो ।

जस अनुरुप प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरि कुल सात टिमको सहभागी रहने छ ।

यता विराटनगरको टिम मालिक अनुप रन्जन भट्टराई, काठमाडौंको टिम मालिक चिरन्जिबी शाह, ललितपुरको टिम मालिक कामना गुरुङ, चितवनको टिम मालिक चन्द्र ढकाल, पोखराको टिम मालिक निराकार श्रेष्ठ, बुटवलको टिम मालिक राजकुमार तिमल्सिना र धनगढीको टिम मालिल सुवास शाही रहेका छन् ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला दशरथ रंगशालामा हुने प्रतियोगिता बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । जसमा सिंगल राउन्ड रोबिनका आधारमा खेल खेलाईने छ ।

टोलीले २० खेलाडीलाई समावेश गर्नेछ । जसमा तिन विदेशी खेलाडी पनि टोलीले राख्न पाउँनेछ । यता खेलाडी छ्नोट प्रक्रिया अन्तर्गत अक्सन चैत्र ६ गते हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्