onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मासाको सानदार जितमा नेपाली खेलाडीको १६ गोल

काठमाडौं (अनलाइन खेल खबर )।नेपाली चार खेलाडी आबद्ध मासा युनाइटेडले पाकिस्तानमा जारी राष्ट्रिय महिला च्याम्पियनसिपमा सानदार विजयी सुरुवात गरेको छ ।

प्रतियोगितामा सानदार सुरुवात गर्ने क्रममा मासा युनाईटेडले मंगलबार सियालकोट सिटीलाई १९-० गोल अन्तरले पराजित गर्यो ।

कराँचीमा भएको खेलमा मासाको सानदार जितमा नेपालकी सरु लिम्बु एक्लैले १० गोल गर्न सफल भइन् । भने अनिता केसीले ६ गोल गर्दा गिता राना,जारा इकबाल र सम्रोजले १-१ गोल गरेका थिए ।

नेपालकी पहिलो रोजाईकी गोलकिपर एन्जिला तुम्बाप्पो सुम्बाको कप्तानीमा रहेको मासाले खेलको पहिलो हाफ भित्र ९ गोल गर्दा दोस्रो हाफमा थप १० गोल गरेको थियो ।

कुल २० टोलीको सहभागी रहेको यस प्रतियोगितामा मासा युनाइटेड समूह बी मा रहेको छ । अब लिगमा मासाले दोस्रो खेलमा कराँची युनाइटेडसँग १६ मार्चमा खेल्नेछ।

च्याम्पियनसिपको विजेताले पाकिस्तानी १० लाख पाउँदा दोस्रो हुनेले ७ लाख ५० हजार र तेस्रोले ५ लाख पाउँने छ ।

प्रतिक्रिया दिनुहोस्