साफ च्याम्पियनसिप : नेपाल को सेमिफाइनल प्रतिद्वन्दी माल्दिभ्स , भारत को पाकिस्तान
भदौ २५ , अनलाईन खेलखबर || बङ्लादेश को ढाका मा जारी १२ औं साफ सुजुकी कप को सेमिफाइनल समीकरण पूरा भएको छ ।
आईतवार समुह चरण को सबै खेल समाप्त भए लगत्तै साफ सुजुकी कपमा समुह ” ए ” को समूह बिजेता बनेको नेपाल ले सेमिफाइनलमा समुह ” बि ” को उपबिजेता माल्दिभ्स प्रतिद्धन्द्धी पाएको छ । भने समुह “बि ” को समुह बिजेता भारत ले समुह ” ए ” को उपबिजेता पाकिस्तान सगँ सेमिफाइनल मा भिड्ने छ ।
समूह “बि ” अन्तर्गत भारत ले माल्दिभ्स ले श्रीलंका लाई पराजित गर्दै स्पष्ट ६ अंक सहित समूह बिजेता बन्यो भने उपबिजेता का लागि रोचक बन्यो माल्दिभ्स र श्रीलंका बिच भारत सगँ समान २-० को अन्तर ले पराजित भएका यी दुई टोलि ले एक अर्का सगँ भने बराबरी खेलेका थिए ।
यस्तो अबस्थामा मा माल्दिभ्स र श्रीलंकाको समान १ अंक भएपछि आयोजक दक्षिण एसियाली फुटबल फेडेरेसनले (साफ) ले गोलप्रथाबाट टिम छनोट गरेको हो । जसमा माल्दिभ्सले भाग्यमानी हुँदै सेमिफाइनल प्रबेश गर्यो ।
यता नेपाल को समुह मा नेपाल ले २ खेल मा जित र एक हार सहित ६ अंक सहित गोल अ्न्तर को आधार मा नेपाल समूह बिजेता बन्यो नेपाल ले आफ्नो पहिलो खेल पाकिस्तान सगँ २-१ ले पराजित भए पनि दोस्रो मा भुटान विरुद्ध ४-० को जित हासिल गरेको थियो भने सेमिफाइनल पुग्ने क्रम मा आयोजक बङलादेश लाई २-० ले पराजित गरेको थियो । यस्तै नेपाल कै समूह बाट सेमिफाइनल पुगेको पाकिस्तान ले पनि दुई खेल मा बिजयी हासिल गरेको थियो , पाकिस्तान बङलादेश सगँ पराजित भएको थियो भने नेपाल र भुटान माथी बिजयी हासिल गरेको थियो । नेपाल , पाकिस्तान र बङ्लादेश को समान ६/६ अंक भए पनि गोल अन्तर ले गर्दा नेपाल र पाकिस्तान ले बाजि पारे ।
नेपालले अब बुधबार सेमिफाइनल मा माल्दिभ्स विरुद्ध खेल्नेछ ।भने सोही दिन नै पाकिस्तान र भारत फाइनल प्रवेशका लागि भिड्नेछन् । नेपाल को खेल नेपाली समय अनुसार पौने ४ बजे हुनेछ भने दोस्रो मा पौने ७ बजे पाकिस्तान र भारत ले प्रतिस्पर्धा गर्नेछ्न । भने प्रतियोगिता को फाईनल सनिवार हुनेछ ।