onlinekhelkhabar.com

Complete website for Nepali Sports News

घरेलु टोली बङ्लादेश लाई २-० ले पराजित गर्दै नेपाल साफ च्याम्पियनसिप को सेमिफाइनल प्रवेश

भदौ २३ , अनलाईन खेलखबर || अघिल्लो चरण पुग्न गर या मर को स्थिति मा नेपाल ले आयोजक बङ्लादेश लाई २-० ले पराजित गर्दै जारी साफ च्याम्पियनसिप को सेमिफाइनल पुगेको छ ।

आज बंगबन्धु रंगशाला मा भएको खेल मा नेपाल ले निकै राम्रो लय मा देखिएको बङलादेश माथी सहज जित निकाल्न सफल भयो ।

सेमिफाइनलमा पुग्न नेपालका लागि यो खेल जित्नैपर्ने दबाब का बिचमा बिमल घर्तिमगरले ३३अौं मिनेटमा फ्रिकिक मार्फत नेपाललार्इ सुरुवाती अग्रता दिलाएका थिए उनको लामो
फ्रिकिक गोल मा परिणत हुन पुग्दा नेपाल ले पहिलो हाफ मा १-० को अग्रता लाई कायम मै राख्यो ।

पहिलो हाफ १-० ले सकिएको खेलमा दोस्रो हाफ मा नेपाल ले थप अर्को गोल गर्यो । खेलको ९० औं मिनेट मा नबयुग श्रेष्ठ ले गोल गरेका थिए ।

यसअघि आज नै पाकिस्तान ले भुटान सामु ३-० को जित निकाले पछि नेपाल का लागि अघिल्लो चरण पुग्न का लागि बङलादेश विरुद्ध स्पष्ट जित को खाचो रहेको थियो । नेपाल १२ औं संस्करण सम्म आईपुग्दा सेमिफाइनल भन्दा माथि पुग्न सकेको छैन यसपटक नेपाल लाई नयाँ ईतिहास बनाउने सुनौलो मौका पनि सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्