onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बार्सिलोना फाइनलमा

एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा सेभियालाई ३-० गोल अन्तरले पराजित गरेसँगै बार्सिलोना फाइनल पुगेको हो ।

पहिलो लेगमा बार्सिलोना सेभियासँग २-० गोल अन्तरले पराजित हुन् पुगेको थियो । तर दोस्रो लेगमा राम्रो कमब्याक गरेपछि समग्रमा बार्साले ३-२ ले खेल आफ्नो पक्षमा पार्दै फाइनल पुगेको हो ।

महत्त्वपूर्ण खेलमा बार्सिलोनालाई जिताउन ओस्मान डेम्बेले ,जेरार्ड पाइके र मार्टिन ब्रेथवेटले १-१ गोल गरे ।

खेलमा बार्सिलोनाले १२ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । उसका लागि पहिलो गोल डेम्बेले गरेका थिए । पहिलो हाफ भित्र १-० ले अगाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्यो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा इन्जुरी समयको चौथों मिनेटमा जेरार्ड पाइकेले गोल गर्दै टिमलाई २-० को अग्रता दिलाउँदा बार्सिलोना र सेभियाबीचको खेल समग्रमा २-२ को अवस्थामा पुग्यो । त्यसपछि खेल अतिरिक्त समयमा धकलिएको थियो । जसमा खेलको ९५ औं मिनेटमा ब्रेथवेटले तेस्रो गोल गरेपछि बार्सिलोनालाई फाइनल पुग्न प्रयाप्त बन्यो ।

अब बार्सिलोनाले उपाधिका लागि एथ्लेटिक बिल्बाओ र लेभानतेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी दुईबीचको पहिलो लेगमा १-१ को बराबरीमा सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्