onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपालका चार फुटबल खेलाडीले पाकिस्तानमा खेल्ने

काठमाडौं (अनलाइन खेल खबर) । मार्च ८ देखि अप्रिल ३ तारिखसम्म पाकिस्तानमा हुने राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालका चार खेलाडीहरुले खेल्ने भएका छन् ।

जस अनुसार नेपाली राष्ट्रिय टोलीकी गोलक्षक एन्जिला तुम्बापो सुब्बा, मिडफिल्डर सरु लिम्बु, फरवार्ड अनिता केसी र डिफेन्डर गीता रानाले उक्त पाकिस्तानी प्रतियोगिता खेल्न लागेका हुन् । यी चार जनाले एउटै टोली मासा युनाइटेड फुटबल क्लबबाट खेल्ने छन् ।

प्रतियोगितामा सहभागि हुन् उनिहरु बिहिबार त्यसतर्फ जाने तय भईसकेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार विभागीय टोली एपीएफले समेत उनिहरुलाई स्वीकृति दिइसकेको अवस्था छ । 

सन् २००५ देखि सुरु भएको यस प्रतियोगितामा यस पटक २० टोलीले सहभागी जनाउँदै छन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । जसमध्य कुल ५९ वटा खेल हुनेछन् ।

यता नेपाली खेलाडी खेल्ने मासा युनाइटेड फुटबल क्लब समूह बी मा रहेको छ । सोही समूहमा कराची युनाइटेड,कराची वुमेन्स फुटबल क्लब,एचईसी र सियलकोट सिटि वुमेन्स फुटबल क्लब रहेको छन् ।

अघिल्लो संस्करणमा पाकिस्तान आर्मीले प्रतियोगिताको उपाधि उचालेको थियो ।

प्रतिक्रिया दिनुहोस्