onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सेभियामाथि बार्सिलोनाको सहज जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियामाथि सहज जित हासिल गरेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियामाथि सहज जित निकाल्ने क्रममा २-० गोल अन्तरले पराजित गर्यो । सेभियाको घरेलु मैदानमा भएको खेलमा बार्सालाई जित दिलाउन ओउस्माने डेम्बेले र लियोनल मेस्सीले एक -एक गोल गरे ।

एकतर्फी जस्तो देखिएको खेलमा बार्साले डेम्बेलेको गोलमार्फत खेलको २९ औं मिनेटमा अग्रता बनाएको थियो । यसरी पहिलो हाफ भित्र १-० ले अगाडि रहेको बार्सिलोनाले खेलको ८५ औं मिनेटमा दोस्रो गोल गर्दा अन्ततः सेभिया २-० ले स्तब्ध हुन् पुग्यो । दोस्रो गोल कप्तान लियोनल मेस्सीले गरेका थिए ।

यो सँगै २५ खेल खेलेको बार्सिलोनाले १६ खेलमा जित ५ खेलमा बराबरी र ४ खेलमा हारका साथ ५३ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएलो छ । शीर्ष स्थानमा भने २३ खेल खेलेको एट्लेटिको मड्रिड रहेको छ । उसको अंकतालिकामा ५५ अंक रहेको छ । यस्तै पराजित भएको सेभिया ४८ अंकका साथ चौथों स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्