गोल को बर्षा भएको खेल मा नेपाल को भुटान माथी शानदार जित

गोल को बर्षा भएको खेल मा नेपाल को भुटान माथी शानदार जित

भदौ २१ , अनलाईन खेलखबर || गोल को बर्षात भएको खेल मा नेपाल ले बङलादेस मा जारी १२ औं साफ सुजुकि कप मा भुटान लाई ४-० को गोल अन्तर ले पराजित गरेको छ ।

पहिलो खेल मा पाकिस्तान सगँ २-१ ले पराजित भएको नेपाल ले आज को जित सगै सेमिफाइनल पुग्ने सम्भावना लाई जिबितै राखेको छ भने लगातार दुई खेल बाट पराजित भएको भुटान भने समूह चरण बाटै बाहिरिने पहिलो टिम बनेको छ ।

बंगबन्धु रंगशालामा मा भएको खेलको २१ औं मिनेटमा नै अनन्त तामाङको गोलबाट नेपाल ले अग्रता लिएको थियो । उनले कर्नर बाट आएको बल लाई हेडिङ मार्फत जाली चुमाएका थिए । खेलको पहिलो हाफ १-० को अन्तर मा सकिएको थियो ।

दोस्रो हाफ मा नेपाल अझ आक्रमक हुँदै थप ३ गोल दोस्रो हाफ मा गर्यो । गोल को बर्षात नै हुन पुगेको खेल मा नेपालका लागि ७० औं मिनेटमा सुनिल बलले दोस्रो गोल गरेका थिए ।

भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डी एरियामा फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । सोही पेनाल्टी बिमल ले प्रहार गरे पनि भुटानी गोलकिपर ले रोकेपनी गोलकिपर को हात बाट फर्किएको बल लाई सुनिल ले गोल गरेका थिए । त्यससँगै वाङ्दीले दोहोरो पहेंलो कार्ड पाएपछि भुटान १० खेलाडीमा सीमित बनेको थियो ।

त्यसपछि नेपाल ले ७९ औं मिनेट मा भरत खवास को उत्कृष्ट गोल मार्फत अग्रता ३-० ले गर्यो । भरत अञ्जन विष्टको ठाउँमा मैदान छिरेका प्रबेश गरेका थिए । यस्तै नेपाल ले गोल को सिलसिला कायम राख्दै ८८ औं मिनेटमा निराजन खडका ले चौथो गोल गरे र नेपाल ले भुटान विरुद्ध ४-० को गोल अन्तर ले शानदार जित निकाल्न सफल भएको छ ।

अब नेपाल ले आउदो सनिवार आयोजक बङलादेश सगँ प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *