onlinekhelkhabar.com

Complete website for Nepali Sports News

साफ को पहिलो खेल मा नेपाल पाकिस्तान सगँ पराजित : अब बिहीवार भुटान सगँ खेल्ने

भदौ १९ , अनलाईन खेलखबर || बङ्लादेश को राजधानि ढाका मा आज देखि सुरु भएको साफ सुजुकी कप अन्तर्गत पहिलो खेल मा नेपाल पाकिस्तान सगँ २-१ को अन्तर ले पराजित हुन पुगेको छ ।

पहिलो हाफ को समाप्ती मा १-० को पछि परेको नेपाल ले दोस्रो हाफ मा उत्कृष्ट पुनरागमन गर्दै खेललाई बराबरी मा लगेको भए पनि ईन्जुरी समय को अन्तिम क्षण मा सम्हालिन नसक्दा नेपाल पहिलो खेल मै निराश हुन पुग्यो ।

खेलको ३६ औं मिनेटमा पाएको पेनाल्टी मार्फत पाकिस्तानले अग्रता लिएको थियो पाकिस्तानलाई अग्रता दिलाउने क्रममा हसन नाविद बासिरले गोल गरेका थिए ।

१-० ले पछाडि परेको अबस्थामा नेपाल लाई खेलको ८२ औ मिनेट मा नेपालले बराबरी गोल फर्काएको थियो । विमल घर्तिमगर ले कर्नर बाट आएको बल लाई पोस्ट को दिशा देखाएका थिए ।

पाकिस्तान को तुलनामा मा बल पोजिसन निकै राम्रो गरेको भए पनि खेलको अन्तिम समय मा पाकिस्तानले पुन अर्को गोल गरेपछी नेपाल पहिलो खेल मै पराजित हुन पुग्यो । पाकिस्तान का लागि दोस्रो गोल मोहमद अलीले गरेका थिए ।

अब नेपाल ले बिहिबार भुटान र शनिबार आयोजक बंगलादेशको सामना गर्नेछ । साफ फुटबलको १२ औं संस्करणसम्म आइपुग्दा नेपाल सेमिफाइनल भन्दा माथी पुग्न सकेको छैन ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *