नेपाल सुपर लिग वैशाख ११ गतेबाट हुने
काठमाडौं (अनलाइन खेल खबर ) । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघ ( एन्फा ) को प्राबिधिक सहयोगमा नेपालमा पहिलो पटक नेपाल सुपर लिग (एनएसएल ) हुने भएको छ ।
सोमबार आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले काठमाडौंमा प्रेस सम्मलेन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको थियो ।
आयोजकका अनुसार प्रतियोगिता वैशाखको ११ गते देखि २५ गतेसम्म नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला दशरथ रंगशालामा हुनेछ ।
जसमा नेपालका प्रदेशको प्रतिनिधित्व हुने गरि विभिन्न फेन्चाइज टोलीको सहभागिता रहने छ । जसको नाम र टिम मालिकको जानकारी चाडैं नै आयोजकले जानकारी गराउने उल्लेख गरेको छ ।
अक्सनको माध्यमबाट टिम बनाई खेलाडीहरुलाई विभिन्न टिममा विभाजन गरिनेछ । जसमा विभिन्न श्रेणीको कुल २० खेलाडी रहनेछन् । जसमा तिन विदेशी खेलाडीलाई टिमले अनुबन्ध गर्न पाउने छ ।
निजि क्षेत्रलाई फुटबलमा प्रवेश गराई खेलाडीहरु र फुटबल खेललाई थप ब्यवसाहिक बनाउने टेवा पुर्याउने उदेश्यका साथ गर्न लागिएको प्रतियोगिता राउन्ड रोविन लिगको ढाँचामा हुनेछ ।जसमा कुल १९ खेल हुनेछन् ।