onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

महिला लिगको उपाधि एपीएफलाई

काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौंमा जारी राष्ट्रिय महिला लिगको विजेता विभागीय टोली एपीएफ बनेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिसबीचको खेल १-१ को बराबरीमा सकिएसँगै एपीएफ दुई खेल अगावै लिग च्याम्पियन बनेको हो ।

यदी आर्मी र पुलिसबीचको खेलमा आर्मीले जित हासिल गरेको भए एपीएफले बाँकी खेलमा भर पर्नु पर्ने थियो । तर एपीएफलाई पछ्याईरहेको आर्मीले जित हासिल गर्न नसक्दा एपीएफलाई दुई खेल अगावै च्याम्पियन बन्न प्रयाप्त बन्यो ।

च्याम्पियन एपीएफको विजयी यात्रा कायमै : लिग विजेता बनेको एपीएफले आफ्नो ११ औं खेलमा विराटनगर महानगरपालिकालाई पराजित गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिनको दोस्रो खेलमा एपीएफले विराटनगरलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

एपीएफको जितमा अनिता केसीले निर्णायक गोल गरेकी थिइन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अनिताले ५५ औं मिनेटमा गोल गरेकी थिइन् । जुन गोल अन्ततः एपीएफलाई जित हासिल गर्न प्रयाप्त बन्यो ।

यो जितसँगै अपराजित रहेको एपीएफले लिगमा ११ खेलबाट ३३ अंक जोडेको छ । अब एपीएफले लिगको अन्तिम खेलमा शुक्रबार आर्मीसँग खेल्नेछ । जुन खेल दशरथ रंगशालामा हुनेछ । यता लिगको दोस्रो स्थानमा रहेको आर्मीको ११ खेलबाट २६ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्