onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एमबाप्पेको ह्याट्रिकमा पीएसजीसँग बार्सिलोनाको लज्जास्पद हार

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम-१६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित हासिल गरेको छ ।

पीएसजीले सानदार जित हासिल गर्ने क्रममा मंगलबार राती बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको सानदार जितमा युवा फरवार्ड केलियन एमबाप्पेले ह्याट्रिक गरे । भने मोइज कीनले पनि एक गोल गरेका थिए । यस्तै बार्सिलोनाको तर्फबाट एक गोल लियोनल मेस्सीले गरेका थिए ।

खेलमा मेस्सीको गोलमार्फत बार्सिलोनाले खेलको २७ औं मिनेटमा अग्रता बनाएको थियो । उनले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यो अग्रता धेरै बेर पनि टिक्न सकेन । त्यसको पाँच मिनेटपछि पीएसजीले बराबरी गोल फर्कायो । खेललाई बराबरीमा ल्याउने क्रममा उक्त गोल एमबाप्पेले गरेका थिए ।

यसरी पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो । त्यसपछि दोस्रो हाफमा पीएसजीले उत्कृष्ट खेल प्रदर्शन गर्यो । त्यस क्रममा उसले थप तीन गोल पनि गर्न सफल भयो ।

खेलको ६५ औं मिनेटमा एमबाप्पेले ब्यक्तिगत दोस्रो गोल गर्दा टिमले २-१ को अग्रता बनायो । त्यसको पाँच मिनेटपछि नै मोइज कीनले पीएसजीका लागि तेस्रो गोल गर्दा ८५ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा बार्सिलोना ४-१ ले स्तब्ध हुन् पुग्यो ।

यो जितसँगै पीएसजीको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनेर आएको छ भने बार्सिलोनाले क्वाटरफाइनल पुग्न दोस्रो लेगमा फराकिलो जित हासिल गर्नु पर्ने हुन्छ । अब यी दुईबीचको खेल १० मार्चमा पेरिसमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्