onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

साम्बा करिब एक वर्ष मैदान बाहिर रहने

काठमाडौं (अनलाइन खेल खबर ) । राष्ट्रिय महिला फुटबल टोली तथा एपीएफकी स्ट्राइकर सावित्रा भण्डारी(साम्बा) करिब एक वर्ष मैदानबाहिर रहने भएकी छिन्।

राष्ट्रिय महिला लिगअन्तर्गत सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते हुन् पुगेकी उनले अब भने करिब एक वर्ष खेलबाट टाढा हुनु पर्ने भएको छ ।

खेलकै क्रममा दायाँ घुँडामा चोट बोकेपछि उनको बिएन्डबी अस्पतालमा एमआरआई गरिएको थियो । अस्पतालको रिपोर्ट अनुसार उनको लिगामेन्ट च्यातिएको हुँदा सल्यक्रिया गर्नु पर्ने भएको छ ।

प्रतियोगिताको गोल मेसिन सावित्राको कमि पनि पक्कै टोलीलाई खड्किने छ । उनले लिगमा १० खेलबाट ४३ गोल गरिसकेकी छिन् ।

यता उनको टोली एपीएफ उपाधिको धेरै नजिक रहेको छ । अपराजित रहेको एपीएफले अब बुधबार हुने विराटनगर महानगरपालिकाविरुद्धको खेल जितेमा एपीएफ एक खेल अगावै लिगको च्याम्पियन बन्नेछ ।
त्यसपछि एपीएफले लिगको अन्तिम खेलमा शुक्रबार आर्मीको सामना गर्नेछ । जुन खेल दशरथ रंगशालामा हुनेछ । हालसम्म १० खेल खेलेको एपीएफको अंकतालिकामा ३० अंक रहेको छ । भने एपीएफलाई पछ्याईरहेको आर्मीको समान खेलबाट २५ अंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्