onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चन्द्रपुरको महिला लिगमा तेस्रो जित

काठमाडौं (अनलाइन खेल खबर)। राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई पराजित गरेको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चन्द्रपुरले जित आत्मसाथ गर्ने क्रममा चौदण्डीगढीलाई २-१ गोल अन्तरले पराजित गर्यो ।

चन्द्रपुरका लागि रजनी थोकर र दिल कुमारी राना मगरले एक -एक गोल गर्दा चौदण्डीगढीकी मनिता तामाङले एक गोल फर्काएकी थिइन् ।

प्रतिस्पर्धात्मक बनेको खेलमा चन्द्रपुरले पहिलो हाफको इन्जुरी समयमा अग्रता बनाएको थियो । टिमलाई अग्रता दिलाउने क्रममा उक्त गोल रजनी थोकरले गरेकी थिइन् ।

त्यसपछि दिल कुमारी राना मगरले खेलको ६७ औं मिनेटमा गोल गरेपछि चन्द्रपुरले २-० को अग्रता बनायो । तर त्यसको एक मिनेटपछि चौदण्डीगढीले एक गोल फर्कायो । उक्त गोल मनिता तामाङले गरेकी थिइन् । त्यसपछि बाँकी समयमा दुबै टिमबाट गोल हुन् नसक्दा खेल अन्ततः २-१ ले सकियो ।

जितसँगै चन्द्रपुरले ११ खेलबाट अंकतालिकामा ९ अंक जोडेको छ। लिगमा तेस्रो जित निकालेको चन्द्रपुर छैटौं स्थानमा रहेको छ। यता पराजित हुन् पुगेको चौदण्डीगढीको यो लगातार ११ औं हार हो।

प्रतिक्रिया दिनुहोस्