onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बार्सिलोना सेभियासँग पराजित

एजेन्सी । स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना सेभियासँग पराजित हुन् पुगेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोना घरेलु टोली सेभियासँग २-० गोल अन्तरले पराजित हुन् पुग्यो ।

पहिलो लेगमा टिमका लागि जित दिलाउन जुलेस कुन्डे र इभान राकिटिचले १-१ गोल गरे ।

खेलमा सेभियाले खेलको २५ औं मिनेटमा अग्रता कायम गरेको थियो । टिमका लागि कुन्डेले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफ भित्र १-० ले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेपनि सफल हुन् भने सकेन । त्यसै क्रममा सेभियाले खेलको अन्तिम तिर दोस्रो गोल गर्दा बार्सा स्तब्ध हुन् पुग्यो । टिमका लागि दोस्रो गोल ८५ औं मिनेटमा इभानले गरेका थिए ।

यो जितसँगै सेभियाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके सेभिया फाइनलमा पुग्न सफल हुनेछ । भने पहिलो लेग गुमाएको बार्सिलोनालाई फाइनल पुग्न दोस्रो लेगना कम्तीमा पनि २–० को जितको आवस्यकता पर्नेछ । दोस्रो लेगको खेल नोउ क्याम्पमा ४ मार्चमा हुनेछ ।

यस्सै कोपा डेल रेको दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राति एथलेटिको बिल्वाओले लेभान्टेको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति पौने २ बजेपछि बाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्