onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चौदण्डीगढीमाथि एपीएफको फराकिलो जितमा सावित्रा एक्लैको ८ गोल

काठमाडौं (अनलाइन खेल खबर )। राष्ट्रिय महिला लिगमा सावित्रा भण्डारी एक्लैले ८ गोल गरेपछि अपराजित रहेको विभागीय टोली एपीएफले सोमबार चौदण्डीगढी नगरपालिकालाई फराकिलो अन्तरले पराजित गरेको छ ।

खेलमा फराकिलो जित हासिल गर्ने क्रममा एपीएफले चौदण्डीगढी नगरपालिकालाई १४-० गोल अन्तरले पराजित गर्यो ।

टिमका लागि सावित्रा एक्लैले ८ गोल गर्दा अनिता बस्नेत र अनिता केसीले २-२ गोल गरेका थिए । भने अनु लामा र रविना घोले पनि १-१ गोल गरेका थिए ।

खेलमा सावित्राको गोलमार्फत टिमले सुरुवाती अग्रता बनाएको थियो । एकतर्फी बनेको खेलमा सावित्राले खेलको चौथो मिनेटमै पहिलो गोल गरेकी थिइन् । त्यसपछि उनले १८,३६, ४३,५३,५६,७२ र ८७ औं मिनेटमा गोल गरेकी थिइन् ।

यस्तै अनिता बस्नेतले पहिलो हाफको अन्तिम समयमा र ६४ औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । अनिता केसीले २४ र ४० औं मिनेटमा गोल गर्दा अनुले ७६ औं र रविनाले ७९ औं मिनेटमा गोल गरेकी थिइन् ।

लिगमा अराजित रहदै आएको एपीएफले यो सँगै ७ खेलबाट २१ अंकसहित अंकतालिकाको शीर्ष स्थानमै यथावत रहेको छ । यता लगातार सात खेलमा पराजित भएको चौदण्डी अंकतालिकामा अंकविहिन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्