onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

उपाधि दाबेदार आर्मीको अर्को फराकिलो जित

काठमाडौं (अनलाइन खेल खबर )।काठमाडौंमा जारी महिला लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मीले चौदण्डीगढी नगरपालिकामाथि फराकिलो जित आत्मसाथ गरेको छ ।

उपाधि दाबेदारको रुपमा पनि लिईएको आर्मीले चौदण्डीगढी नगरपालिकामाथि फराकिलो जित हासिल गर्ने क्रममा शनिबार ९-० गोल अन्तरले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको एकतर्फी खेलमा आर्मीका लागि रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गर्दा सर्मिला थापाले २ तथा भुजंगा राई र अन्जली वाईवाले १-१ गोल गरेका थिए ।

खेलमा आर्मीले रश्मीको गोलमार्फत १९ औं मिनेटमा अग्रता बनाएको थियो । त्यसपछि सर्मिलाले क्रमशः २३ र ४० औं मिनेटमा गोल गर्दा आर्मीले पहिलो हाफ भित्र ३-० ले अग्रता कायम गरेको थियो ।

पहिलो हाफमा ३-० ले अगाडि रहेको आर्मी दोस्रो हाफमा थप आक्रमक शैलीमा प्रस्तुत भयो । त्यसको फलस्वरुप आर्मीले दोस्रो हाफमा थप ६ गोल गर्न सफल भयो ।

५२ औं मिनेटमा रश्मीले ब्यक्तिगत तथा टिमका लागि चौथों गोल गर्दा उनले नै ६० औं मिनेटमा अर्को गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् । त्यसको ३ मिनेटपछि उनै रश्मीले टिमको लागि छ्ठौं गोल गर्न सफल भईन ।

त्यसपछि खेलको ७८ औं मिनेटमा भुजंगा र अन्जलीले ८८ औं मिनेटमा गोल गर्दा आर्मीले समग्रमा ९-० ले खेल जित्यो ।

यो जितसँगै आर्मी ७ खेलबाट अंकतालिकामा १६ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । यता चौदण्डीको भने यो लगातार सातौं हार हो । चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्